चलचित्र नबन्दै ‘मारिना’को पोष्टर रिलिज

काठमाडौँ-कलाकार तथा संचारकर्मी श्याम अर्यालको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र ‘मारिना’को पोष्टर रिलिज भएको छ । सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्र ‘मारिना’को सार्वजनिक पोष्टरमा डोरीले बाधिएका दुई हात देखाइएको छ ।

फिल्मको पोष्टर हेर्दा ‘मारिना’ हरर फिल्म हुन सक्ने अनुमान लगाइएको छ । रतन थापाको लगानी र राजेश थापाको सह लगानी रहने चलचित्रलाई अनुप गिरीले निर्देशन गर्नेछन् । कलाकार तथा संचारकर्मी श्याम अर्यालका अनुसार चलचित्रको कलाकार हाल पक्का भइनसकेको जानकारी दिँदै अब चाँडै नै चलचित्रका लागी कलाकारहरुपनि पक्का हुने बताए ।

केहि दिन भित्र काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको औपचारिक घोषणा समेत गरिने अर्यालले जानकारी दिए ।