शिवरात्रि पर्वको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं, फागुन ५ – प्रधानमन्त्री सुशील कोइरालाले महाशिवरात्रिका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले हिन्दूका आराध्यदेव महादेवको पूजा अर्चनाले भक्तजनको कामना सिद्धि हुने मान्यता रही आएको उल्लेख गर्दै यस पर्वले समस्त नेपालीका बीचमा आपसी विश्वास, समझदारी र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई प्रबद्र्धन गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले संविधानसभाले बनाउने संविधानमा समस्त नेपालीको पहिचान र धार्मिक, सांस्कृतिक, भाषिक स्वतन्त्रतालाई मौलिक स्वतन्त्रताका रूपमा संरक्षित र सुरक्षित राखिने विश्वास दिलाउनुभएको छ ।
आफ्नो सन्देशमा प्रधानमन्त्रीले यस पर्वले समस्त नेपालीबीच आपसी सद्भाव र मेलमिलाप कायम राखी नागरिकको सुख, शान्ति र समृद्धिको लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी मुलुकको आर्थिक–सामाजिक विकासमा एकजुट रहन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।