इजिप्टका राष्ट्रपतिद्वारा आइएसविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल

फागुन ५ ,काठमाडौँ –इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल सिसीले लिबियामा कब्जा जमाई बसेका ईस्लामिक आतंकबादी समूह आइएसबिरुद्ध हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेका छन् ।

लिबियामा आइएसले गरिरहेको हर्कतको असर बिश्वभर पर्नसक्ने भन्दै सिसीले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका हुन् ।
सिसीले फ्रान्सका राष्ट्रपति र इटलीका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरी आइएसबिरुद्धको अभियानमा सघाउन आग्रह गरे । यसअघि इजिप्टको सेनाले लिबियामा आईएसको पकड रहेको क्षेत्रमा भीषण आक्रमण थालेको थियो । आइएसले २१ जना इजिप्सेली इसाइ नागरिकको शिरच्छेदन गरी हत्या गरेपछि इजिप्टले लिबियाली आइएसबिरुद्ध कारबाही थालेको हो ।