हिमानी पूर्वयुवराज पारसलाई भेट्न थाइल्यान्डमा

फागुन ५ ,काठमाडौँ – पूर्वयुवराज्ञी हिमानीले आज थाइल्यान्डमा आफ्ना पति पूर्वयुवराज पारसलाई स्थानीय उदुङखानी जेलमा गएर भेट्नुहुने भएको छ ।

थाइल्यान्डस्थित नेपाली दुतावासको पत्रसहित नेपाली टोली उदुङखानी कारागार जान लागेको हो । दूतावासको आधिकारिक पत्र भए लामो समयसम्म भेट गर्न दिने व्यवस्था भएपछि थाइल्यान्ड पुगेको हिमानीसहितको टोलीले दूतावासको पत्रसहित पारसलाई भेट्न लागेको हो ।
गएको बिहीबार स्वकीय सचिव स्मिता सिंहका साथ थाइल्यान्ड पुग्नु भएकी हिमानी पतिसँग भेटेलगत्तै नेपाल फर्कने कार्यक्रम छ ।
निजी सचिव सिंह, धीरेन्द्रपुत्री सिताष्मा, वकिल साक्छाई र केही नेपालीलेसमेत हिमानीसँगै पारससँग भेट गर्ने तयारी भएको छ । हिमानी पूर्वरानी कोमलको जन्मदिन मनाउन पर्सी नेपाल आउनुहुनेछ ।