पहिला गुलेली हान्ने अनि स्लोली–स्लोली भन्ने ? -केपी शर्मा ओली

फागुन ३,काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनको हल्ला पिटाउनु हास्यास्पद भएको बताएका छन् । मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) को चौथो राष्ट्रिय अधिवेशनको शनिबार उद्घाटन गर्दै ओलीले सो भनाइ राखेका हुन् ।

उनले हिंसा मच्चाउने उद्देश्यले आन्दोलन घोषणा गरेर एमाओवादीले शान्तिपूर्ण आन्दोलनको हौवा फैलाएको दावीसमेत गरे । ‘पहिले गुलेलीले हान्ने,त्यसपछि स्लोली–स्लोली भन्ने ?’ संविधानसभाभित्रै हिंसा र तोडफोड मच्चाएर एमाओवादीले शान्तिपूर्ण आन्दोलनको हौवा पिटाएको भन्दै ओलीले भने,‘यस्तो तरिका पूरै बेठीक छ , उनीहरुले हिंसा मच्चाउनकै लागि आन्दोलनको कुरा गरिरहेका छन् ।’