सेमिफाइनलमा प्रवेशको अन्तीम खेल आज

फागुन ३,विराटनगर- विराटनगरको सहिद रङ्गशालामा सञ्चालित विराट गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज अन्तीम क्वाटरफाइनल खेल हुँदैछ । आजको क्वाटरफाइनल खेलमा भारतको जर्ज टेलिग्राफ कोलकता र नेपाल आर्मी बीच हुँदै छ ।

यस अघिको तेस्रो क्वाटरफाईनल खेलमा युनाइटेड सिक्किम फुटबल क्लबलाई २–० ले पराजित गर्दै जगदम्बा लुम्बिनी फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । फागुन ९ गतेसम्म जारी रहने सो प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरी दस टिमको सहभागिता छ ।