कोस्टा कन्कोर्डिया पानीजहाजका क्याप्टेनलाई १६ वर्ष जेल सजाय

माघ २९, काठमाडौं- सन् २०१२ मा इटलीको तटीय क्षेत्रमा डुबेको कोस्टा कन्कोर्डिया नामक पानीजहाजका क्याप्टेनविरुद्ध हत्या अभियोगमा १६ वर्षको जेल सजाय सुनाइएको छ ।

क्याप्टेन फ्रान्सेस्को स्टिनोविरुद्ध पानीजहाजलाई समुन्द्री तटको रेखाको अति नजिकसम्म ल्याएको र चालक दलका अन्य सदस्यका साथै यात्रुहरुलाई जहाजमै छाडेर भागेको कसुरमा सजाय तोकिएको हो ।

समुन्द्रको ढुंगामा जहाज ठोक्किएर भएको उक्त दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो । क्याप्टेन फ्रान्सेस्कोले भने आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै आफूलाई ‘बलिको बोका’ बनाइएको बताएका छन् । उनीविरुद्धको मुद्दाको सुनुवाइ १९ महिनासम्म चलेको थियो ।

फ्रान्सेस्कोका वकिलहरुले भने जहाज डुब्नु चालक दलको सामूहिक असफलता भएको तर्क गर्दै चालक दलका अन्य सदस्यलाई पनि उक्त दुर्घटनामा जिम्मेवार ठहर्‍याउनुपर्ने माग गरेका छन् । (एजेन्सी)