आर्मीलाई हराउँदै मनाङ आहारारा गोल्डकपको सेमिफाइनलमा

माघ २८,पोखरा- मनाङ मर्स्याङदी क्लव आहारारा गोल्डकप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज पोखरा रंगशालामा नेपाल आर्मीलाई २–१ ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

खेल सुरु भएको ८ मिनेटमा नै अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा आर्मी पराजित भयो । आर्मीका लागि खेलको आठौं मिनेटमा राजिब गुरुङले आग्रता दिलाएका थिए । मनाङका लागि अनिल गुरुङले ५५ औं र ८४ औं मिनेटमा गरी २ गोल गरे ।