सबैको सहमतिको संविधान मात्रै सार्थक – बाबुराम

माघ २८, महेन्द्रनगर – एमाओवादीका नेता बाबुराम भट्टराईले मुख्य चार शक्तिको सहमतिमा बन्ने संविधान मात्रै सार्थक हुने बताएका छन् । नेता बाबुरामले सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा एमाले तथा विपक्षी एकीकृत नेकपा माओवादी र मधेसवादीदलबीच सहमतिले मात्रै संविधान जारी हुन सक्ने बताएका हुन् ।

बुधबार महेन्द्रनगरमा एक कार्यक्रममा बोल्दै नेता भट्टराईले काँग्रेस र एमालेको नेतृत्वले परिवर्तन संस्थागत गर्न नचाहेकै कारण सहमति हुन नसकिरहेको आरोपसमेत लगाए । प्रश्नावली समिति भङ्ग गर्न नसकिए स्थगन गरेर भए पनि प्रक्रिया रोक्न आग्रह गर्दै उहाँले एमाले, काँग्रेस वा प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक वक्तव्य जारी गरे आफूहरु वार्ता तथा संवादमा बस्न तयार रहेको बताए ।