भोलिदेखि लागु हुने गरि गाडी भाडा घट्यो

माघ २७, काठमाडौं – भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले भोलीदेखि लागुहुने गरि सार्वजनिक सवारी साधनको भाडादर घटाएको छ । मन्त्रालयका अनुसार उपत्यकामा संचालन हुने सार्वजनिक सवारी साधनमा २ दशमलब ३ प्रतिशत भाडा घट्ने छ । ट्याक्सीमा १ दशमलब ६५ र ट्रक तथा मालबहाक सवारी साधनमा ५ प्रतिशत भाडा घटाउने निर्णय भएको मन्त्रालयका सचिव तुलसी सिटौलाले जानकारी दिनुभयो ।

आयल निगमले जारी गरेको स्वचालित मुल्य प्रणाली अनुरुप इन्धनको मुल्य ५ रुपैयाँले घटेसंगै भाडादर पुन घट्ने सिटौललाले बताउनुभयो । इन्धनको मुल्य बढेमा भाडादर बढ्ने मन्त्रालयले जनाएको छ । निगमले स्वचालित मुल्य प्रणली अनुरुप आठौं पटक इन्धनको मूल्य संशोधन गरेपछि सार्वजनिक सवारी साधनको भाडादर घटेको हो ।
यसअघि इन्धनको मुल्य घटेपनि सार्वजनिक सवारी साधनको भाडादर नघटेको भन्दै बिभिन्न बिद्यार्थी संगठनले बिरोध गर्दै आएका थिए ।