निर्णयक आन्दोलनको विकल्प छैन : बाबुराम

माघ २७, डडेल्धुरा – एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले मुलुकलाई सही मार्गमा लैजान फेरी एक पटक निर्णयक आन्दोलनको आवश्यकता औँल्याएका छन् । त्यसका लागी आइपर्ने हरेक किसिमको अवरोधको सामना गर्न एमाओवादी तयार रहेको भन्दै बाबुरामले प्रतिक्रान्तिको खतरा बढेको आरोप लगाएका छन् ।

डडेल्धुरामा संचारकर्मीसँग कुराकानी गर्दै बाबुरामले सहमतिमै अग्रगामी संविधान निर्माणका लागि दबाब सिर्जना गर्न जनपरिचालन तथा भण्डाफोर अभियान थालीएको समेत जनाए । नेता भट्टराईले संविधानका अन्तरबस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता कुराले नै राज्यको चरित्र निर्धारण गर्ने भएकाले यस्ता विषय पहिले नै टुंग्याउनुपर्ने बताए । उनले परम्परागत उदारवादी लोकतन्त्रभन्दा माथि उठेको समाजवादी लोकतन्त्र उन्मुख संक्रमणकालीन समावेशी समानुपातिक लोकतन्त्र हुने समेत बताएका छन् ।