‘न्यू ईयर’मा खुल्दै बेनिशा

काठमाडौँ  । म्युजिक भिडियोबाट अभिनयमा प्रवेश गरेकी मोडेल बेनिशा हमाल आधा दर्जन चलचित्रमा काम गरिसकेपनि खासै जम्न नसकीरहेका बेला उनले जिवनकै ठुलो भनिएको प्रोजेक्ट हात पारेकी छिन् । बर्षौँ देखी नेपाली कलाक्षेत्रलाई नजिकबाट हेरीरहेको ग्रिष्मा इन्टरटेन्मेन्टले चलचित्र निर्माणको घोषणा गरेको चलचित्र न्यू ईयरमा वेनिशाा दिन खोलेर खुल्ने भएकी छिन् । वेनिशा का अलावा  नायक अनुप विक्रम शाहीको मुख्य भूमिकामा रहने चलचित्रलाई प्रविण श्रेष्ठले निर्देशन गर्ने छन् । यसअघि मोक्ष चलचित्र निर्देशन गरेको प्रविणले उक्त चलचित्रबाट तारिफ र अवार्ड दुवै हात पार्न सफल भएका थिए ।

बेनिशा र अनुपविक्रम बाहेक चलचित्रमा अन्य केहि कलाकारहरुको अभिनय रहने चलचित्रलाई गृहेन्द्र घिमिरे र अष्ट्रेलियामा रहँदै आएका प्रताप खरेल र कर्णराज वंशीको लगानीमा बनाउन लागिएको हो । चलचित्रको छायांकन अष्ट्रेलिया र नेपालमा हुने जनाइएको छ ।

करिब आधा दर्जन बढि चलचित्रमा अभिनय गरेकी नायिका बेनिशा हमालले कार्यक्रममा बोल्दै ‘न्यू यर’ आफ्नो लागी भाग्यमानी सावित हुने बताईन् । ‘मेरो चलचित्रमा सशक्त भुमिका छ त्यसैले ‘न्यू यर’ चलचित्र मेरो लागी भाग्यमानी सावित हुनेछ’ बेनिशाले बताईन् । त्यस्तै नायक अनुपविक्रम शाही पनि चलचित्र ‘न्यू यर’लाई लिएर खुसी देखिएका छन् ।