हट बन्दै करिश्मा ‘वन वे’ देखा परिन्

काठमाडौं-सदाबहार सुन्दरी भनिन्छ, करिश्मा मानन्धरलाई। त्यहि सदाबहार सुन्दरताको कमाल एकपल्ट फेरि देखाउने तरखरमा छिन् उनी। फिल्म ‘वन वे’मा उनको हट अवतार छ। फिल्म युनिटले सार्वजनिक गरेको तस्बिरमा करिश्माको सौन्दर्य राम्रैसँग खुलेको छ। सानै उमेरमा बिहे गरेर डिभोर्स भोग्नुपरेको अधबैंसे महिलाको भूमिकामा छिन।

फिल्ममा रविन तामाङसँग उनको केमेस्ट्री मिलेको बताइएको छ। निर्माता राजकुरमार राईले आफूले देखेरभोगेको कथामा फिल्म बनाएको बताए। उनले भने, ‘नेपाली फिल्म समाजसँग नजिक नरहेको गुनासो यो फिल्मबाट मेटिनेछ।’ जीवनको ‘वान वे’ मा गलत बाटोबाट छिर्दा भोग्नुपर्ने दुर्घटनालाई फिल्मले सम्बोधन गर्ने बताइएको छ। दुई पुस्तालाई देखाइएको फिल्ममा युवा पुस्ताको प्रतिनिधित्व भने सिद्धार्थ गुरुङ र माला लिम्बुले गरेका छन्।