मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु,एक घाइते

माघ २४,सप्तरी-पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहलीको पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोकिँदा हेटौँडाका अग्निप्रसाद सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ग३४प १९ नम्बरको मोटरसाइकलका चालक हेटौँडा नगरपालिका–५ का ४५ वर्षीय सापकोटाको मृत्यु भएको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका दीपेन्द्र थापा गम्भीर घाइते भएका छन्।  घाइतेको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।