प्रश्नावली प्रस्ताव समितिको बैठक आज पनि बस्दै

माघ २३, काठमाडौं – बहिस्कार र नाराबाजि बिच पनि प्रश्नावली निमार्ण गर्न ५ दिनको थप समय पाएको प्रस्तव समितिको बैठक आज पनि बस्दै छ । प्रस्ताव समिती अन्र्तगतको उपसमितीले शासकीय स्वरुपमा लगायका विवादीत विषयमा प्रश्नावली बनाउँने काम आज सक्ने भएको छ ।

उपसमीतीले आज थप प्रश्नावली तयार गर्ने र तयारी प्रश्नहरु दिउँसो बस्ने पुर्ण बैठकमा पेश गरिने संयोजक अग्नी खरेलले जानकारी दिनुभयो । समयमा नै सबै विषयको प्रश्न तयार गरी २९ गते तोकीएको संविधान सभाको बैठक पेस गर्ने संयोजक खरेलको भनाई रहेको छ । एकीकृत माओवादी नेतृत्वको मोर्चाको बहिस्कार र राप्रपा नेपालको अवरोध तथा नाराबाजीका बिच हिजो संविधान सभाको बैठकले समीतीलाई प्रश्न बनाउँन थप समय दिएको हो । प्रक्रिया खारेजिको मग गर्दै प्रतिपक्षदलले बैठक बहिस्कार गरे संगै आन्दोलनको घोषणा समेत गरेको छ ।
यता प्रस्ताव समितिले आफूहरुले उठाएका एजेण्डालाई निषेद गर्ने गरी कार्यविधि बनाएर संवैधानिक अधिकार कुष्ठित गरेको आरोप लगाउँदै राप्रपा नेपालले पनि बिरोध जनाएको छ ।