एमाओवादी नेतृत्वको मोर्चाद्धारा संविधानसभा बैठक बहिस्कार गर्ने

माघ २२,काठमाडौं- प्रमुख प्रतिपक्षदल एमाओवादी नेतृत्वको मोर्चाले आजका लागी तए भएको संविधानसभाको बैठकमा सहभागित नजनाउँने भएको छ । संविधान निर्माणमा सत्तापक्षले थालेको प्रक्रिया फिर्ता नलिएसम्म संविधानसभाको बैठकमा नजाने अडानका साथ आजको बैठक बहिस्कार गर्ने भएको हो । मोर्चाले कांग्रेस एमाले बहुमतको आडमा एक्लौटी डंगले अघि बढ्न खोजेको भन्दै प्रश्नावली समितिको प्रतिबेदनमाथि छलफल गर्न तए भएको बैठक बहिस्कार गरी आन्दोलको कार्यक्रम घोषणा गरेको छ । प्रश्नावली प्रस्ताव समितिको औचित्य नभएकोभन्दै एकीकृत माओवादी र मधेसवादी दल सडक आन्दोलनमा छन् ।

यसैविच संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा प्रश्नावली बनाउन नमिल्ने भनेपछि राप्रपा नेपालले समेत आजको संविधान सभाको बैठक अवरोध गर्ने जनाएको छ । बैठक अबरोधा लागी आफ्नो सबैसभासदलाई अनिर्वाय उपस्थीत हुन भनेको छ ।
यसैविच एमाओवादी नेतृत्व ३० दलिय गठबन्धनको बैठक आज बस्दैछ । दिउँसो १ बजे एमाओवादी संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा सयुक्त आन्दोलनको रणनीति तय गरिनेछ । संयुक्त आन्दोलनको रणनिति र नेताहरुको कार्यविभाजनको सम्बन्धमा बैठकमा छलफल हुने भएको हो । फागुन देखि गर्ने भनिएको आन्दोलन सम्बन्धी आज छलफल गरेर थप निर्णय लिने जनाईएको छ । बैठकमा विजयकुमार गच्छदारले राखेको प्रस्तावमा विषयमा पनि छलफल हुनेछ ।