संविधान सभाको बैठक आज बस्दै

माघ २२,काठमाडौं- संविधान सभाको बैठक आज बस्दैछ । माघ ११ गते प्रश्नावली प्रस्ताव समिति गठन गरे सँगै अनिश्चित कालकालागि स्थगित बेनेको संविधान सभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठकमा विवादित विषयमा प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिको कार्यावधि ५ दिन थप गरिने भएको छ । समितीले प्रतिवेदन तयार पार्न समय पुग भएको भन्दै थप गर्न आग्रह गरे पछ समय थप हुने भएको हो । आजको बैठकमा प्रश्नावली प्रस्ताव समितिद्धारा गठित उपसमितीले तयार पारेको केहि विषयको प्रश्नावली मस्यौदा भने पेस हुने भएको छ । प्रस्ताव समीतिमा अहिले सम्म न्यायपालीका, संवैधानिक निकाय, आयोगहरुको असहमतीका विषय सम्बन्धी प्रश्नावली बनेका छन् ।

यसैविच संविधान सभाको बैठक बस्नु पुर्व विवादित विषयमा प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिको बैठक पनि बस्ने भएको छ । विहान १० बजे बस्ने बैठकमा राज्य पुनसंरचा तथा शासकिय स्वरुपको विवादीत विषयमा प्रश्नावलीका लागी प्रयास गरिने भएको छ ।

मुख्य विवादीत विषयको प्रश्नावली बनाउँन बाँकी रहेको भन्दै समय माग गरे पश्चात सहितीले थप समय भने पाउँने भएको छ । समितिको कार्यावधि थप भएपछि प्रश्नावली उपसमितिको म्याद पनि सोही अवधि सम्मकालागि हुने निर्णय समेत गरेको छ । प्रश्नावली निमार्णका लागी समय थप हुने भए पछि प्रस्तव समीती गठन पछि दलहरु विच सहमतीको वातावरण बन्न सक्ने सभाध्यक्षको अपेक्षा रहेको छ ।