सशस्त्र पनि आहा–रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो

माघ २१,पोखरा- सशस्त्र प्रहरीको टिम पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।

सशस्त्र सुदूरपश्चिमान्चल फुटबल क्लब कैलालीसँग बुधबार १–० ले पराजित भएको हो । खेलको ७ मिनेटमै शिव सुवेदीले गोल गर्दै कैलालीलाई जिताएका हुन् । जितसँगै सुदूरपश्चिमान्चल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सुरुदेखि दबाबमा परेको सशस्त्र ५५औं मिनेटमा १० जनामा समेटिएको थियो । आदित्य चौधरी दोहोरो पहेलो कार्ड खाँदै बाहिरिएका थिए ।

यसअघि १३औं संस्करणको उद्घाटन खेलमै साविक विजेता आयोजक सहारा क्लब सिमराको नव जनजागृति युवा क्लबसँग पराजित हुँदै बाहिरिएको थियो ।