उपाध्याय र कार्की राजदूतमा अनुमोदन

माघ २१, काठमाडौँ – संसदीय सुनुवाइ समितिले आज भारतको राजदुतका लागी प्रस्तावित दीपकुमार उपाध्याय र अमेरिकाका लागि डा अर्जुन कार्कीको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि दीपकुमार उपाध्याय र अमेरिकाका लागि डा। अर्जुन कार्कीको नाम अनुमोदन गरेको हो । उपाध्याय नेपाली कांग्रेसका नेता हुन् भने कार्की गैह्रसरकारी संस्थाका पूर्वअध्यक्ष हुन् ।