दुई तिहाईको निर्णयलाइ कसैले घुक्र्याएर केही हुदैन- कानुनविद

माघ १९ ,काठमाडौँ – प्रधानमन्त्री सुशील कोइराललाई संवैधानिक कानुनविज्ञहरुले दुई तिहाई बहुमतको निणर्यलाई कसैले घुक्र्याएर केही नहुने भन्दै संविधानसभाले आफनो कार्य निरन्तर अघि बढाउनुपर्ने सल्लाह दिएका छन् । कोइरालाले आज संविधान निर्माणको बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा सल्लाह लिने क्रममा संवैधानिक कानुनका विज्ञहरुले यस्तो सुझवा दिएका हुन् । जनताबाट निर्वाचित भएर आइसकेपछि कसैले पनि संविधानसभा छोड्न नमिल्ने धारणा राख्दै जनताको सार्वभौम अधिकार सम्पन्न संविधानसभाले गठन गरेको प्रश्नावली समिति संविधान निर्माण्ँ प्रक्रियाको सुरुवातमात्र भएकाले कसैले पनि आत्तिन नहुने उनिहरुले बताएका थिए ।

छलफलमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माण्ँ प्रक्रियामा भएका संवैधानिक र कानुनी प्रावधानका बारेमा जिज्ञासा राखेको प्रजातन्त्रवादी कानुन व्यवसायीक सङगठनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताउनु भयो ।
छलफलमा प्रधानमन्त्री कोइरालाले आफूले शान्ति प्रक्रियाको मुख्य हिस्सा रहेको विपक्षि दलहरु संविधानसभा बाहिर नजाओस् भनेर सहमति र वार्ताका लागि अथक प्रयास गरिरहेको जानकारी गराउदै सहमतिका आधारमा नै संविधान निर्माण गर्न प्रयासमा रहेको बताउनु भयो । छलफलमा कानुनविद्हरु डा विपिन कोइराला, डा भीमार्जुन आचार्य, शेरबहादुर केसी, गणेश भट्टलगायत उपस्थित हुनुहुन्थयो ।