भावी रणनीति तय गर्दै एमाओवादी

माघ १६, काठमाडौँ-एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु आज आन्तरिक छलफलमा जुट्दैछन् । सरकारविरुद्ध घोषित आन्दोलनका कार्यक्रम तय गर्न शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । हिजो बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रलम तय गर्ने जिम्मा शीर्ष नेतालाई दिएको थियो । प्रवक्ता दिनानाथ शर्माले सरकार विरुद्ध घोषित आन्दोलनका कार्यक्रम तय गर्न र जारी केन्द्रीय समिति बैठकलाई कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्न नेताहरु गृहकार्यमा जुटेको जानकारी दिनुभयो ।