ईजिप्टमा ईस्लामिक विद्रोहीको श्रृंखलाबद्ध अक्रमणमा परी कम्तिमा २६ जनाको मृत्यु

माघ १६,काठमाडौँ-ईजिप्टमा ईस्लामिक विद्रोहीको श्रृंखलाबद्ध अक्रमणमा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ । ईस्लामिक विद्््रोहीले उत्तरी सिनाई प्रायदीपको अल अरीशमा रहेको सैन्य अड्डामा कार बम विस्फोट गराउँदा त्यहाँ रहेका केहि सैनिकको ज्यान गएको सेनाले जनाएको छ ।

विद््रोहीले अरु आक्रमण गाजा क्षेत्रको सीमा नजिकका शहरमा गरेका थिए । सन् २०१३ मा मुस्लीम ब्रदरहुडका नेता मोहम्मद मोर्सीलाई राष्ट्रपति पदबाट अपदस्थ गरेपछि ईजिप्टमा तनाव बढ्दै गएको छ । त्यस यता मोर्सी समर्थकले उत्तरी सिनाईमा सुरक्षाफौजलाई निशाना बनाउँदै आएका बिबिसीले जनाएको छ ।