टेलिभिजन स्टुडियोमा नक्कली बन्दुकसहित एक जना युवक प्रवेश गरेपछि हंगामा

माघ १६,काठमाडौँ-नेदरल्याण्ड्सको एउटा टेलिभिजन स्टुडियोमा नक्कली बन्दुकसहित एक जना युवक प्रवेश गरेपछि हंगामा मच्चीएको छ । डच टिभि च्यानल एन.ओ.एस. को स्टुडियोमा सा“झको मुख्य समाचार प्रशारण्ँ हुने बेला ती युवक हातमा पेस्तोल लिएर जर्बजस्ती प्रवेश गरेका थिए ।

आप्mना कुरा राख्न पाउनुपर्ने माग गर्दै सेतो सर्टसहितको कालो सुटमा टेलिभिजन कार्यालय पुगेका युवकले फिल्मी शैलीमा सुरक्षा गार्डलाई बन्धक बनाई स्टुडियो प्रवेश गरेका थिए । तर ती सुरक्षा गार्डले चलाखीपुर्ण तरीकाले बन्दुकधारी युवकलाई साँझको समाचार प्रशारण हुने मुख्य स्टुडियोमा नलगी दिउसोको समाचार प्रशारण हुने स्टुडियोमा पु¥याएका थिए । खाली स्टुडियोमा पुगेको थाहा पाएपछि ती युवकले आफु साईबर हमलाकारी नेटवर्कको सदस्य रहेको र आफ्ना कुरा राख्न नदिए आक्रमण गर्ने धम्की दिएका थिए ।
बन्दुकधारीले स्टुडियोमा हंगामा मच्चाईरहँदा टेलिभिजनले भने विशेष परिस्थीतले अहिले कुनैपनि प्रशारण उपलब्ध छैन भन्दै सुचना प्रशारण गरेको थियो । पछि सशस्त्र सुरक्षाबल आईपुगेपछि ती युवकले बन्दुक छोडेर आत्मसमर्पण गरेका थिए ।
बन्दुधकारी युवक के चाहन्थे र उनी किन टेलिभिजनसँग प्रशारण समय माग्दै थिए भन्नेबारे केही खुलाईएको छैन । डच प्रहरीले गैरकानुनी हतियार प्रयोग तथा मानव बन्धक प्रकरणमा ती युवकमाथि अभियोग दायर गर्दै छानविन अघि बढाएको छ । एजेन्सी