महामारीविरुद्ध लड्ने संयन्त्र निर्माणको प्रस्ताव

एजेन्सी-महामारीविरुद्ध लड्नका निम्ति विश्व समुदाय राम्रोसंग तयार नरहेको भन्दै विश्व बैंक समूहका प्रमुख जिम योङ्ग किमले विभिन्न पक्षबीच सहकार्य हुने गरी एउटा साझा संयन्त्रको स्थापना गर्नेसम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका छन्। उक्त दृष्टिकोण अनुसार बिमा कम्पनीहरु, सरकारहरु, बहुपक्षीय कम्पनीहरु तथा अन्तर्राष्ट्रिय दाताहरु मिलेर एउटा प्रणाली स्थापनाका निम्ति काम गर्नेछन्, जसले सबै मुलुकहरुलाई स्वास्थ्यसंग सम्बन्धित संभावित विपद्हरुको सामना गर्नका निम्ति सघाउनेछ।

जर्जटाउन विश्वविद्यालयमा सहभागीहरुलाई किमले भने, “गिनी, लाइबेरिया र सियरा लियोनमा ज्यान लिने र आर्थिक वृद्धिमा नोक्सानी पुर्याउने सन्दर्भमा इबोला भाइरसको महामारी भयावह रहेको छ।”  इबोला भाइरसको एकजना पनि बिरामी नरहने सुनिश्चित गर्नुपर्ने उनले बताए। यस्तो महामारी निम्ति समर्पित स्रोत चाहिन्छ, इबोलाको प्रसंगमा शुरु भईसकेपछि ९ महिनामा स्रोत परिचालन गरेको अनुभवले देखाउँछ त्यो प्रभावकारी छैन्। त्यसैले छिट्टै परिचालन हुनसक्ने संयन्त्र विकास गर्नुपर्छ । 

भविष्यमा इबोला भाइरसभन्दा पनि खतरनाक र संक्रामक महामारीको सामना गर्नका निम्ति तयारी गर्नुपर्ने किमको भनाई थियो। उनले भने, “यस्तो महामारी निम्ति समर्पित स्रोत चाहिन्छ, इबोलाको प्रसंगमा शुरु भईसकेपछि ९ महिनामा स्रोत परिचालन गरेको अनुभवले देखाउँछ त्यो प्रभावकारी छैन्, त्यसैले छिट्टै परिचालन हुनसक्ने संयन्त्र विकास गर्नुपर्छ।”बिबिसी