माग अनुसार पूर्ति नभएपछि ग्यास बिक्री स्थगित

माघ १३,काठमाडौं- उपभोक्ताको मागअनुसार ग्यास आपूर्ति गर्न नसकिएपछि नेश्नल ट्रेडिङ लिमिटेडले ग्यास बिक्रीवितरण गर्न रोकेको छ । राजधानी लगायत देशभरमा ग्यासको अभाव भइरहेको बेला काठमाडन्डुको टेकुस्थित आफ्नै कार्यालयबाट हिजो र अस्ति नेश्नल टे«डिङले ग्यास बिक्रीवितरण गरेको थियो ।

उपभोक्ताको अत्यधिक माग रहेको र माग अनुसार ग्यास कम्पनीले ग्यास सिलिण्डर उपलब्ध गराउन नसकेपछि अर्को सूचना नभएसम्मका लागि बिक्रीवितरण स्थागित गरिएको लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार आज सबै ग्यास कम्पनीसँग छलफल गरी पर्याप्त ग्यास सङ्कलन गरेपछि चाँडै वितरण गरिनेछ । दुई दिनमा गरी नेश्नल ट्रेडिङले चार हजार ३ सय ग्यास सिलिण्डर वितरण गरेको छ । अस्ति २८ र हिजो २० वटा ग्यास कम्पनीले ग्यास बिक्रीवितरण गरेका थिए ।