बाबुरामलाई संवाद समितिको सभापति बनाउनु महाभुल : अध्यक्ष ओली

माघ ९, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति बाबुराम भट्राईलाई बनाउनु भुल भएको बताएका छन् । सत्तारूढ दलको बैठकपछि प्रेस मिटमा बोल्दै नेता ओलीले बाबुरामलाई संवाद समितिको सभापति दिइएका कारण माघ ८ मा संविधान आउन नसकेको आरोप लगाए । नेता ओलीले संविधानसभालाई विफल बनाउने सपना नदेख्न सबैलाई आग्रह गर्दै कुनै पनि हालतमा संविधानसभाबाटै संविधान आएर छाड्छौँ भने । एमाओवादीको अलोकतान्त्रिक र संविधान विरोधी क्रियाकलाप लामो समयसम्म नदिक्ने पनि उनले दाबी गरेका छन् ।