राजबिराजमा झडप , ७ जना घाइते

माघ ९, राजबिराज – संविधानसभामा बढ्दो विबादलाई लिएर काठमाडौँमा उत्पन्न भएको बिबादको लहरो राजबिराजसम्म पुगेको छ । सोमबार राती संबिधानसभा भवनबाट सुरु भएको सरकार पक्ष र प्रतिपक्ष बिचको बिबाद मुलुकभरका विभिन्न स्थानमा देखिइरहेका बेला राजबिारजमा प्रदृशनमा उत्रेका प्रतीपक्षी र प्रहरी बिच झडप भएको छ । झडमा परी ७ जना मोर्चाका कार्यकता घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । अहिले राजबिराज क्षेत्रकामा कडा सुरक्षा ब्यबस्था लागु गरिएको छ । स्थिीतिलाई नियन्त्रणमा दिन १० राउण्ड असुल ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।