नेपालले दियो केन्यालाई १९५ रनको विशाल चुनौति,नेपाल बलीगंमा

माघ ९, काठमाडौं- नेपालले केनयालाई १९५ रनको विशाल चुनौती दिएको छ । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को अन्तिम खेलमा नेपालले केन्याका सामु १९४ रन जोड्दै उत्कृष्ठ रन जोड्न सफल भएको छ । नामिबियामा जारी आफ्नो पाँचौ खेलमा टस हारेर ब्याटिगं थालेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १९४ रन जोड्न सफल भयो ।

नेपालका लागी सर्वाधिक रन उपकप्तान ज्ञानेन्द्र मल्ले जोडेका छन् । उनले ११६ बलमा ७ चौकाको मद्धतले ९१ रन जोड्न सफल भए भने पारस खड्काले २० रन जोडे । त्यस्तै शरद भेषवाकारले १८ रन जोड्न सफल भए । यसैबिच नेपालले अहिले ब्याटिगं गरिरहेको छ । नेपालले केन्याविरुद्वको खेलमा जित हासिल गरे डिभिजन १ मा सजिलै उक्लने छ भने नेपाली क्रिकेटमा नयाँ इतिहास समेत रच्नेछ । यसअघि ४ खेल खेलेको नेपालले तीन खेलमा जित तथा एकमा हार बेहोरेको छ ।