सेन्चुरी बैंकको नाफा तीन गुणाले बृद्धी

माघ ७,काठमाडौँ -सेन्चुरी कमर्सिल बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौं करोड ९८ लाख १८ हजार रुपैयाँ नाफा गरेको छ। बैंकले गत आर्थिक वर्षको यही अवधिमा तीन करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकले यो अवधिमा ब्याज आम्दानी उल्लेख्य रुपमा बढाउँदा त्यसले नाफामा बृद्धि गराएको हो । सेन्चुरी बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार यो अवधिमा बैंकले ३१ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा १६ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। गत वर्षको तुलनामा खुद व्याज आम्दानी १५ करोड रुपैयाँ बढेको छ।