‘संविधानसभाको घटना त्रुटीपूर्ण, प्रकृयामा जान दिदैनौं’-प्रचण्ड

माघ ७,काठमाडौँ – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार रातीको घटना त्रुटीपूर्ण भएको बताएका छन् । राजधानीमा आयोजीत पत्रकार सम्‍मेलनमा एमाओवादी अध्‍यक्ष प्रचण्डले आगामी दिनमा यस्तो घटना नदोरिने प्रतिवद्धता जनाउदै प्रकृयामा जान चाँही कुनै पनि हालतमा नदिने बताएका छन् । अध्यक्ष केपी ओली सकारात्मक देखिए पनि अन्तिम घढीमा प्रधानमन्त्री सुशील कोइराला बाधक बनेको भन्दै संविधानसभामा घेराउ जारी रहने बताएका छन्। बरिष्ठ नेता बाबुराम भट्टराईले नचाहदाँ नचाहँदै संविधानसभामा तोडफोड भएको भन्दै त्यस्ता त्रुटी सच्याउने बताए। ‘हाम्रो योजना तोडफोड गर्नु थिएन, हाम्रो उद्देश्य नाराबाजी मात्रै गर्ने थियो, जसरी पनि त्यो प्रक्रियालाई रोक्नु थियो’ पत्रकार सम्मेलनमा प्रचण्डले भने ‘त्यसैबीचमा चिनकाजी श्रेष्ठ मञ्चमा जान लाग्नुभयो, हाम्रा साथीहरुले उहाँ किन गएको भन्दै होहल्ला गर्न थाल्नुभयो, अनि अप्रिय घटना हुन पुग्यो।’ दाहालले सहमति र वार्ताको लागि आफूहरु जहिले पनि तयार रहको भन्दै बार्ताको बाधक प्रधानमन्त्री सुशील कोइराला रहेको आरोप लगाए। उनले अहिले पनि सहमति हुन नदिन केही काँग्रेस एमालेका नेता सक्रिय रहेको भन्दै आफूहरु वार्ताका लागि जहिले पनि तयार रहेको बताए।