संवादलाई निरन्तरता देउ : अन्तर्राष्ट्रिय समुदाय (विज्ञप्ति सहित)

माघ ७,काठमाडौँ-गत सोमबार राती संविधान सभामा एमाओवादी देखाएको ताण्डबका कारण दलहरु बिच दुरी बढेसँगै नेपालस्थित अन्तर्राष्ट्रिय समुदायले चासो देखाएको छ ।अन्तर्राष्ट्रिय समुदायले  आज एक प्रेस विज्ञप्ति जारी गर्दै   बृहत राष्ट्रिय स्वार्थका लचकता र महत्वका साथ संवैधानिक संवादलाई निरन्तरता दिन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समुदायको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवाशीय प्रतिनिधिको सचिवालयले विज्ञप्ति जारी गरेको हो ।विज्ञप्तिमा  राजनीतिक दलहरुबीच पछिल्ला दिनहरुमा देखिएको तनावप्रति चासो व्यक्त गरिएको छ । त्यस्तै “संविधान देशको निकट भविश्यलाई मार्गनिर्देश गर्ने आधारभूत दस्तावेज हो, यस्को शान्तिपूर्ण कार्यान्वयन र स्थायित्वका लागि नेपाली जनताको बृहत् समर्थन आवश्यक हुन्छ, अन्तर्राष्ट्रिय समुदाय समावेशी संविधान सुनिश्चितताका लागि थप प्रयास गर्न राजनीतिक दललाई आग्रह गर्दछ ।” भनी उल्लेख गरिएको छ । press-release-.jpg.pagespeed.ic.SsaGPWWRrP