यमनमा विद्रोही र सेनाबीच भिडन्त

माघ ६,काठमाडौं- यमनको राजधानी सानामा शिया हुथी विद्रोहीहरु र सेनाकाबीच ठूलो भिडन्त भएको छ । गएराती शहरभरि गोली चलेको आवाज सुनिएको छ भने राष्ट्रपतीय भवन नजीकै मोटार गोलाहरु खसेका छन् । यमनका सूचनामन्त्री नादिया अल सक्काफले सैनिक विद्रोहको प्रयास भएको भएतापनि राष्ट्रपति सुरक्षित रहेका तर राजधानीमा भद्रगोल मच्चिएको बताउनुभएको छ । सानामा भिडन्तले ठूलो रुप लिइरहेको र हुथी विद्रोहीहरु राष्ट्रपतीय भवन तर्फ बढिरहेको भन्ने विवरणहरु आइरहंदा नयां संघर्ष विरामको प्रयास भैरहेको पनि बताइएको छ । सरकारी सेना, हुथी विद्रोही र यमनका भूतपूर्व राष्ट्रपति अली अब्दुल्लाह सलेहप्रति वफादार सैनिकहरुले शहरका विभिन्न भागमा कब्जा जमाइरहेका छन । एजेन्सी