दुई तिहाई बहुमतमा संविधान जारी गर्नु पर्छ भन्दै युवासभासदहरुले दवाव स्वरुप हस्ताक्षर बुझाउँदै

माघ २, काठमाडौं- युवासभासदहरुले समयमा संविधान ल्याउने बाटो पहिल्याउन माग गर्दै संविधानसभाअध्यक्षलाई दवाव दिने भएका छन् । कांग्रेस र एमाले लगायत बिभिन्न दलका सभासदहरुले आज सभाध्यक्ष नेम्वाङलाई हस्ताक्षर बुझाउने तयारी गरेका छन् । सहमति भएका विषय सहमति र नमिलेकामा दुई तिहाई बहुमतको आधारमा भने पनि माघ ८ मा संविधान जारी गर्नुपर्ने उनीहरुको माग छ । संविधानसभालाई सहमतिका नाममा सधैं बन्धक बनाउन नहुने भन्दै सभासदहरुले पुस २४ गतेदेखि नै हस्ताक्षर अभियान थालेका थिए । सभासदहरुले दवाव अभियान स्वरुप संविधानसभामै बस्ने र त्यहाँबाट बाहिर ननिस्कनेसम्मका योजना बनाउन लागेका छन् । अभियानका अगुवा एमाले सभासद प्रकाश ज्वालाले नेताहरुका लागि सहमतिको यो अन्तिम अवसर भएको भन्दै त्यसपछि पनि आलटाल गरिए सभासदको जीवन मरणको सवाल हुने बताउनु भयो ।