गौतमबुद्ध विमानस्थललाई अन्तरास्ट्रीय स्तरको बनाउने काम सुरु

माघ १,भैरहवा- बहुप्रतिक्षित राष्टिय गौरवको आयोजना ‘गौतम बुद्ध अन्तर्रािष्ट्रय विमानस्थल’को स्तरोन्नती गर्ने काम सुरु भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार विधिवत रुपमा पुजा गरी विमानस्थल निर्माण कार्य सुभारम्भ गर्नु भएको हो । विमानस्थलको शिलन्यास गर्दै प्रधानमन्त्री कोइरालाले स्थायी शान्तिबीना मुलुकमा विकास निर्माणका कामले गति लिन नसक्ने बताउनु भएको छ । अब आन्दोलन गरेर धम्काउने जमना गइसकेको बताउँदै उहाँले विकास निर्माणका कामलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्नु भएको छ । गौतमबुद्ध विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा लिइएको छ । एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा स्तरोन्नती गर्न लागिएको यो विमानस्थल सन् २०१८ को जनवरीसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

विमानस्थलको निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको छ । कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा विमानस्थल निर्माण गर्ने जिम्मा पाएको हो ।