झण्डै डेढ करोडको योजना चार वर्षमै समस्या

माघ १,दार्चुला- झण्डै डेढ करोड खर्च गरेर २०६७ सालमा निर्माण सम्पन्न भएको सिप्टीको चोट्के खानेपानी योजना झण्डै २० दिनदेखि अवरुद्ध भएको छ । ३७ लाख ८५ हजारभन्दा बढि जनश्रमदानसहित एककरोड ४५ लाख १३ हजारभन्दा बढि रकम खर्च भएको योजनाले निर्माण सम्पन्न भएको चार वर्ष नबित्दै समस्या व्यहोरेको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना आर्थिक र समाज कल्याण समाजको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको परियोजना २०६८ सालमै उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । खानेपानीको मुल, जङ्गलमा भएकोले पाइपमा पातपतिङ्गर, काठका टुक्रा, माटो गएको हुन सक्ने अनुमान गरिएको छ ।