आजदेखि गोमा एयरले सुर्खेत–काठमाडौं उडान गर्ने

माघ १, काठमाडौं- निजि बिमान कम्पनी गोमा एयरले मध्य पश्चिमका अन्य जिल्ला सहित कर्णाली क्षेत्रका यात्रुलाई सहज बनाउनका लागि आज माघ १ गते देखि २ दिन सुर्खेत–काठमाडौंको नयाँ उडान शुरु गर्ने भएको छ । यातायातको प्रभावकारी पहुँच नपुगेका कर्णाली लगायतका मध्यपश्चिम क्षेत्रकायात्रुहरुको चापलाई मध्यनजर गरेर आज देखि यो उडान शुरु गर्न लागेको गोमा एयरका क्याप्टेन रविन्द्रले जानकारी दिनु भएको छ ।

पछिल्लो समय नेपाल एयरलायन्सले दुर्गम जिल्लाबाट समेत काठमाडौंका लागि थ्रुफेयरबाट टिकट काट्न मिल्ले गरिरहेको वेला गोमाले नयाँ सुर्खेत देखिको नयाँ योजना शुरु गर्न लागेको सिमकोट स्टेशन प्रमूख गोविन्द लामाले जानकारी दिनु भएको छ । हरेक सोमबार र बिहिबार गरी सातामा २ दिन उडान गर्ने तयारी गरेको गोमाले सुर्खेत देखि काठमाडौंका लागि ७ हजार ४ सय ९० भाडा दर तय गरेको छ ।