प्रक्रिया अघि बढाउने सत्तारुढ दलहरुको निर्णय

माघ १, काठमाडौं- नयाँ संविधान जारी गर्न दलहरुले तोेको मिती माघ ८ आउँन अब सात दिन मात्र बाँकी रहँदा दलहरु विचको तिक्तता झन बढ्दै गएको छ । माग ८ मा सहमतीय संविधान जारी गर्नु भन्दा पनि आ—आफ्नो अडानमा अडिग रहेका दलहरु अहिले दुई भागमा विभाजित भएका छन् । सत्तारुढ दल कांग्रेस एमाले प्रक्रियागत रुपमा जाने निर्णयमा छन् भने जबरजस्ती प्रक्रियामा जान खोजेको भन्दै प्रतिपक्षदल एमाओवादी तथा मधेसी मोर्चा आन्दोलनको तयारीमा रहेका छन् । संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले पनि सहमतीका लागी दिएको सयम दलहरुले खेर फालेको भन्दै विवादीत विषयको प्रश्नावली बनाएर अघि बढ्ने बताउँनु भएको छ । सभाध्यक्ष नेम्वाङले प्रश्नावली बनाउँन समिती गठन गर्न आज संविधान सभाको बैठक समेत बोलाउँनु भएको थियो । तर आज माघेसंक्रान्ति परेकाले आजको बैठक भोलीको लागी सारीएको छ ।

यसै विच सत्तामा रहेका नेपाली कांग्रेंस र नेकपा एमाले संविधान जारी गर्ने विषयमा आज पनि छलफललाई जारी राख्ने भएका छन् । प्रश्नावली बनाएर भए पनि माघ ८ मा संविधानको खाका मात्र पनि ल्याउँनै पर्ने भन्दै छलफललाई जोड दिने भएका हुन । सहमतिमा संविधान निर्माण सम्भव नएको निस्कर्ष सहित प्रक्रियाबाट सहज तरिकाले अघि बढ्ने कांग्रेस एमालेको तयारी रहेको छ । छलफल दिउँसो हुने भएको छ ।

जारी गर्ने गरि छलफल सुरु भएको छ । संविधानसभामा दुईतिहाई पुरयाउन देखिएका अवरोधबारे छलफल गरेर अरु विकल्पका बारेमा पनि छलफल हुनेछ ।

संविधान निर्माणको प्रक्रिया र मितिका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा छलफल सुरु भएको हो । माघ ८ मा संम्भव नभएको संविधानसभाका अध्यक्षबाटै भनाई आएपछि नयाँ मितिका बारेमापनि परामर्श हुने जनाइएको छ ।
सहमतिको संभावना लगभग सकिएको निष्कर्ष निकालेका दुई दल बहुमतीय प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने रणनीतिको खोजीमा लागेका छन् । त्यसका लागि अब के गर्ने भन्ने बारेमा छलफल भै रहेको नेताहरुले बताएका छन् ।