सनसनीपूर्ण जितसगै सशस्त्र सेमिफाइनलमा

पुष २८, पोखरा -सशस्त्र प्रहरीको टिम पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वार्टरफाइनलमा एभरेष्ट फुटबल क्लब हङकङमाथि संघर्षपूर्ण जित हासिल गर्दै सशस्त्रले अन्तिम चारमा ठाउ पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा २–२ को बराबरी भएपछि थपिएको ३० मिनेटको खेलमा पनि जित÷हारको छिनोफानो हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा पनि कडा टक्कर भएस“गै ‘सडन डेथ’मा सशस्त्र ४–३ ले विजयी भएको हो ।
यसअघि विशाल राई ‘ए’ र कर्णँ लिम्बुले गोल गर्दै एभरेष्टलाई २–० ले अग्रता दिलाए पनि मान तामाङले सशस्त्रको अन्तर कम गरेका थिए भने प्रविन स्याङतानले ९०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरु नेपाल पुलिस र मनाङ–मस्र्याङदी यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।