माघ ८ अघि राजधानी नछोड्न एमालेद्धारा सभासदलाई ह्विप

पौष २८, काठमाडौं-संविधानसभाको दोश्रो ठुलो दल तथा सत्तासाझेदारको मुख्य हिस्सा नेकपा एमालेले भोलिदेखि संविधान लेखनको प्रक्रिया सुरु हुने भन्दै आफ्ना सभासदहरुलाई माघ ८ गतेअघि राजधानी नछाड्न ‘ह्वीप’ जारी गरेको छ । सिंहदरबारमा आज  बसेको एमाले संसदीय दलको बैठकबाट यस्तो ‘ह्वीप’ जारी गरेको एमाले सभासद तथा नेता भानुभक्त ढकालले बताए ।

नेता ढकालका अनुसार दलहरुबीच भएका वार्ता र छलफलबारे सभासदहरुलाई जानकारी दिने उद्देश्यले डाकिएको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले आगामी माघ ८ मै संविधान जारी गर्न सहमतिका लागि अधिकतम् स्तो कदम चालीएको एक नेताले बताए । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य माधवकुमार नेपालले दलका बैठकबारे जानकारी गराएका थिए ।