जिप सुनकोशीमा खस्दा २ को मृत्यु, ४ जना घाइते

पौष २८,सिन्धुली- काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको निजी जिप सिन्धुलीको बाशेश्वर हाइबरबेसीमा दुर्घटना हुँदा सोमबार दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ओखलढुंगा च्यानमका टेकबहादुर श्रेष्ठ र विमला श्रेष्ठ रहेका छन् । दुर्घटनामा परी अरु चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

काठमाडौंबाट माघे संक्रान्ति मनाउन ओखलढुंगातर्फ सपरिवार नै जाँदै गरेका उनीहरु चढेको हाइलक्स जिप दुर्घटनामा परेको हो ।जिप सडकबाट करिब ७० मिटर तल सुनकोशी नदीमा झरेको थियो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ