मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

पुष २८, भक्तपुर – भक्तपुरको पाण्डुबजारमा गएराती भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइक चालक सुर्यविनायक ४ चुनदेवि बस्ने २० बर्षीय दिपक खत्री रहेका छन् । उनको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

भक्तपुरको जगातीबाट काठमाण्डौ तर्फ आउदै गरेको बा३५प ३१९२ नम्बरको मोटरसाईकल तीब्र गतिको कारण अनियन्त्रीत भई सडकमा रहेको पोलमा ठोकिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।