घुस लिँदालिँदै नायव सुब्बा पक्राउ

पुस २७, बाँके बाँकेको नेपालगञ्जबाट घुस लिँदा लिँदै भन्सार कार्यालयमा कार्यरत नायव सुब्बालाई अख्तियारले पक्राउ गरेको छ । अख्तियारको टोलीले नायव सुब्बा शंकरप्रसाद तिमिल्सेनालाई आज सेवाग्राहीसँग २७ हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियारका अनुसार तिमिल्सेनाले भन्सारमा सामान जाँचगर्ने क्रममा उक्त रकम लिने लिएका थिए ।