भोलिदेखि ग्यास सहज हुन्छ : निगम

पुष २५,काठमाडौँ-नेपाल आयल निगमले भोलीसम्ममा खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने दावी गरेको छ । गृह मन्त्रालयसंगको सहकार्यमा देशभर अनुगमन तीव्र पारिएकाले ग्यास सहज रुपमा भोलिदेखि पाईने निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए ।

उनका अनुसार अनुगमनका क्रममा उद्योगले नै ग्यास लुकाएका पाईएको र लुकाइएका सबै ग्यास सिलिन्डर अब बजारमा पठाईनेछ ।

बिहिबार पनि देशभर अनुगमन तीव्र पारिने उनले बताए । भट्टका अनुसार अहिले दैनिक ८५ हजार सिलिन्डर ग्यास आपूर्ति भएपनि बजारमा त्यस अनुसार नगएको पाईएको छ । कालोबजारी गर्ने व्यवसायीलाई कार्वाही हुने उनले बताए ।