धुलिखेल–दोलालघाट सडकखण्ड सुचारु

पुस २२, बनेपा– पाँचखाल–३ का ज्ञानुराजा ठकुरीको मृत्यु रहस्यमय भएको भन्दै स्थानीयवासीले अवरुद्ध पारेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–दोलालघाट सडकखण्ड सञ्चालनमा आएको छ ।   प्रहरी नायब महानिरीक्षक माधव नेपालको नेतृत्वमा काभ्रेपलाञ्चोक आएको प्रहरी टोलीले घटनाको अनुसन्धान र दोषीमाथि कारबाही गर्ने आश्वासन दिएपछि स्थानीयवासीले अवरुद्ध सडक खुलाएका हुन् । सत्ताइस वर्षीय ठकुरीको शव शनिबार जिरोकिलो भन्ने ठाउँमा फेला परेको थियो ।