ट्रक पल्टिाँदा एक भारतियको मृत्यु

पुस २२, नवलपरासि–नवलपरासिको दाउन्नेमा सवारीसाधन दुर्घटनामा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । आज विहान पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको आर जे २७ जि ए सि ४९६ नम्वरको मालवाहक ट्रक, दाउन्ने ५ को ओरालोमा व्रेक फेल भएर पल्टिँदा ट्रकका सहचालक भारत राजिस्थान वस्ने ३० वर्षिय कलदिप सिंहको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि चोरमारा पठाईएको छ भने ट्रकका चालक तथ्स्यास सिंह र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।