विप्लव माओवादीको केन्द्रिय समिति बैठक आज

पुष २२,काठमाडौँ -दाङको तुलसीपुरमा सोमबार स्थिगीत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादिको केन्द्रिय समितिको बैठक मंगलबार पुन सुचारु हुने भएको छ । विशेष कारणले स्थिगीत बैठक मंगलबार बिहान सुचारु हुन लागेको  माओवादिका प्रवक्ता खड्क विश्वकर्माले जानकारी दिए । प्रवक्ता विश्वकर्माका अनुसार बैठकमा बुधबारदेखि २६ गतेसम्म संचालन हुने राष्ट्रिय सम्मेलनको तयारी, सम्मेलनका लागि देशभरबाट सहभागी हुने नेता कार्यकर्ताको खानपिन, बसोबास, स्वयम सेवक परिचालन, सुरक्षा व्यवस्था, लगाएतका विषयमा छलफल भएको प्रवक्ता विश्वकर्माले बताए ।  केन्द्रिय समितिको बैठक सकिए लगतै राष्ट्रिय सम्मेलन सुरु हुने पनि माओवादीले जनाएको छ । सम्मेलनमा देशभरका ५ सय ५० नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।