दाङमा गर्भपतन गराउने महिलाको संख्यामा कमि

पुष २१ , दाङ – मेरि स्टोप्स सेन्टर तुलसीपुर दाङमा गर्भपतन गराउन आउने महिलाको संख्यामा कमि आएको सेन्टरले जनाएको छ । आर्थिक वर्ष २०६९/०७० को तुलनामा २०७०/०७१ मा गर्भपतन गराउन आउने महिलाको संख्यामा दुइ सय ४४ ले कमि आएको सेन्टरका स्टाफ नर्स प्रतिक्षा श्रेष्ठले जानकारी दिनुभएको छ । आर्थिक वर्ष २०७०/०७१ मा गर्भपतन गराउन आउने महिलाको संख्या १ हजार ४ सय ८९ रहेको छ ।

औजारको प्रयोगबाट गर्भपतन गराउने महिलाको संख्या एक हजार ३ सय ६९ र औषधिको प्र्रयोगबाट गराउनेको संख्या १ सय २० जना रहेको छ । तर आर्थिक वर्ष २०६९/०७० मा गर्भपतन गराउन आउने महिलाको संख्या एक हजार सात सय ३३ जना रहेको मेरीस्टोप सेन्टरकी स्टाफ नर्स श्रेष्ठले जानकारी दिनुभयो । नेपाल सरकारले १२ हप्ता सम्मको गर्भपतन गर्न कानुनी मान्यता दिएको सेन्टरले जनाएको छ । लिङ्ग पहिचान गरि गर्भपतन गराउनेहरुको संख्या धेरै भएको बताउदै श्रेष्ठले १२ हप्ता सम्मको गर्भपतन मात्रै गरिदिने गरेकोे बताउनुभयो ।