सचिव क्षेत्रीको उपचारका लागि प्रेस युनियन काठमाडौको सहयोग

काठमाडौं – नेपाल प्रेस युनियन काठमाडौँ शाखाले ब्रेन ट्युमर भई थप उपचारका क्रममा नयाँ दिल्लीमा रहेका नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको उपचारका लागि १५ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा बसेको बैठकले पत्रकार क्षेत्रीलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

काठमाडौँ शाखाका पदाधिकारीहरुले उक्त रकम संकलन गरेर दिने प्रतिबद्धता जनाएका छन् । त्यस्तै नेपाल पत्रकार महासंघ कान्तिपुर टेलिभिजन प्रतिष्ठान शाखा, देशान्तर साप्ताहिक लगायतले पनि यस अघि नै सहयोगको घोषणा गरिसकेका छन् । पत्रकार क्षेत्रीलई सहयोग गर्न चाहाने जो कोहीले पनि राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखामा ‘सूर्यकुमार क्षेत्री उपचार सहयोग कोष’को नाममा रहेको खाता नम्बर ११३०००३७१९०१ मा रकम जम्मा गर्न सक्ने युनियनले जनाएको छ ।