पुष १८, काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बन्द हड्तालको धम्कीले एमाले नतसिर्ने भन्दै ८ माघ मै नयाँ संविधान जारी गर्ने दाबी गर्नु भएको छ । उहाँले आफूहरु बितन्डा मच्चाउने पक्षमा नरहेको भन्दै बन्द हड्तालको धम्की छाडेर सहमतिमा आउन एमाओवादी लगायत विपक्षी दलहरुलाई आग्रह समेत गर्नु भएको छ । ‘बन्द, हड्ताल र १० वर्षको द्धन्द्ध मुलुकले झेलिसकेकाले अब त्यस्ता गतिविधिबाट कोही पनि नतर्सिने बताउनु भयो । उहाँले संविधान तयारी अवस्थामा रहेको र केही विषयमा रहेका मतभिन्नतालाई सहमतिबाट समाधान खोजिने स्पष्ट पार्नुभएको छ । सहमति नभए प्रक्रियामा लगेर माघ ८ गते नै संविधान जारी गर्ने खनालको भनाई रहेको थियो ।
संविधान निर्माण हुनुअगावै वा संविधान जारी भएपछि सरकार परिवर्तन हुने संभावनाबारे पत्रकारले राखेको जिज्ञासामा उनले यतिखेर सिङगो राष्ट्रको ध्यान संविधान निर्माणतर्फ मात्र केन्द्रीत रहेको भन्दै अझै त्यतातिर नसोचेको जवाफ दिनु भएको छ ।

 
				
					                
                