माघ ८ मा संविधानको मस्यौदा भए पनि जारी गर्नैपर्छ : सभासद्हरू

पुष १८, काठमाडौँ- संविधानसभामा प्रतिनिधित्व गरेका प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का सभासदहरुले माघ ८ मा संविधानको मस्यौदा भए पनि जारी गर्नैपर्नेमा जोड दिएका छन् । संविधानसभाको आजको बैठकमा जारी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै ती दलका सभासद्हरूले संविधानसभाबाटै नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाली काँग्रेसका सभासद् गोपालमान श्रेष्ठले सहमति समितिको प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गर्दै संविधानका लागि सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नु उपयुक्त भए पनि माघ ८ मा संविधानको मस्यौदा जारी गर्नुको विकल्प नरहेको बताउनुभयो ।

नेकपा (एमाले)का राजेन्द्र पाण्डेले सहमति समितिको प्रतिवेदनका सकारात्मक विषय समेटेर नेपाली जनताले मतदानमार्फत संविधानभामा व्यक्त गरेको भावनाअनुरुप प्रक्रियामा गएर छिनोफानो गर्नुपर्छ भन्नुभएको छ । एनेकपा माओवादीका भक्ति पाण्डेले जनताले स्वामित्व स्वीकार गर्ने संविधान बन्नुपर्ने पार्टीगत अडान दोहो¥याउँदै शोषित, पीडित, वर्गीय, लिङ्गीय, दलित, मुसलमान सबैको उत्थान सुनिश्चित गर्ने संविधान बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।